Sunday, July 12, 2015

भाइबरबाट अब एचडी भिडियो कल


काठमाडौं, असार २७
भाइबरले नयाँ क्रोम भर्सन सार्वजनिक गरेको छ। पछिल्लो समयमा गुगलको क्रोमबाट भाइबर चलाउनेहरु बढेपछि भाइबरले क्रोम भर्सन ल्याएको हो। क्रोम ओएस नामको यो भर्सनले सबै क्रोमबक्स भर्जनमा काम गर्छ। यसबाट प्रयोगकर्ताले एचडी भिडियो कल, भ्वाइस कल तथा भाइबरबाटै मोबाइल तथा ल्यान्डलाइनमा पनि फोन गर्न सक्नेछ। क्रोम भर्जनमा फोटो तथा टेक्स्ट म्यासेज सेवाहरु पनि यथावत छ।

थोरै पैसामा विश्वका सबै देशमा फोन गर्ने सुविधा भाइबरले दिएको छ। स्मार्टफोन, ट्याबलेट वा डेस्कटपबाट अर्को भाइबर अकाउन्टमा निःशूल्क फोन गर्न पनि सकिन्छ।

क्रोमबक्स  इन्स्टल गर्नः
१. क्रोम वेब स्टोरमा गएर एभाइलेबल अन क्रोम फर भाइबरमा क्लिक गर्ने
२.एप डाउनलोड गर्ने र त्यसमा दिइएको निर्देशन फलो गर्ने
३. क्रोममा भाइबर इन्स्टल गर्न भाइबरको सक्रिय अकाउन्ट र फोन नम्बर आवश्यक पर्छ, निर्देशन अनुसार सो टाइप गर्ने
४. कन्टिन्यू बटनमा थिच्ने र आफूले पाएको एक्टिभेसन कोड हान्ने
इन्स्टल भइसकेपछि एपबाट एचडी भडियो तथा फोन कल गर्न सकिने छ।

0 comments:

Post a Comment