Monday, July 13, 2015

चोरीको खुलासा गरेको भन्दै किशोरीद्वारा ४ बर्षीया बालिकाको हत्या


भिल्लूपूरान, असार २८ – एक १५ वर्षीया किशोरीले आफूले चोरी गरेको खुलासा गरेको भन्दै एक चार वर्षिया बालिकाको हत्या गरेकी छिन् । मोहना ( नाम परिवर्तित) छात्राले उक्त बालिकाले पैसा चोर्दै गरेको फेला पारेपछि उनको हत्या गर्न बाध्य भएको स्पष्टीकरण प्रहरी समक्ष दिएकी हुन् । घटना भारतको भिल्लूपुरानस्थित कल्लाकुरिची नजिकै रहेको घरको हो । हत्याअघिसम्म बालिका उनै किशोरीसँग खेल्दै थिइन् ।

 दुर्गा नाम गरेकी एलकेजीमा पढ्ने बालिकाले आईतबार मोहना (नाम परिवर्तित) सँग खेल्दै गर्दा उनले पैसा चोरेको देखिन् । त्यसपछि उनले आफ्नी आमा शान्ताना लक्ष्मीलाई यसको जानकारी दिइन् । लक्ष्मीले मोहनालाई थर्काइन् र पैसा फिर्ता लिइन् । त्यसपछि उनले मोहनाको परिवारलाई समेत उनकी छोरीले पैसा चोरेको बताइन् । घटनापछि मोहनाका आमाबाबुले उनलाई नराम्ररी पिटेका थिए । आइतबार त्यसको बदला लिने क्रममा विद्यालयबाट फर्किदै गरेकी मोहनाले घरबाहिर खेल्दै गरेकी दुर्गालाई लिएर गइन् । त्यसपछि रातभर दुर्गा भेटिइनन् । भोलिपल्ट उनको लाश इनारमा तैरिदैँ गरेको अवस्थामा भेटियो । छिमेकीको सहयोगमा लाश झिकेपछि परिवारले हत्यामा मोहना संलग्न भएको भन्दै प्रहरीमा उजूरी गरेको थियो । नभन्दै मोहनाले इनारमा दुर्गालाई धकेलेको स्वीकार गरिन् ।

0 comments:

Post a Comment