Wednesday, July 29, 2015

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बालिकाको मृत्यु


रत्ननगर (चितवन)— पूर्वी चितवनको भण्डारामा  स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ।

अपराह्न ३ बजे हेटौंँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९९२९ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको बा ४१ प ७७०८ नंको स्कुटरलाई ठक्कर दिँदा आमासँगै स्कुटरमा रहेकी अढाइ वर्षीया एन्जिला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो क्रममा घाइते भएका बालिकाकी आमा इन्दिरा र स्कुटर चालक भण्डाराकी आशा श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

0 comments:

Post a Comment