५ असार,काठमाडौं । डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकाको सेमिफाइनमा कोलम्बियासँगको भेट पक्का गरेको छ ।
आज बिहान अमेरिकाको लिभाइज स्टेडियममा भएको खेलमा मेक्सिककोलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
चिलीले गोलको वर्षा गरेको खेलमा भार्गासले मेक्सिकोको पोस्टमा ४ गोल गरेका थिए । त्यस्तै इड्सन पुचले दुई गोल गर्दा एलेक्सिस सान्चेजले एक गोल गरे । मेक्सिकोले खेलमा कुनै गोल गर्न सकेन र कोपाको जारी खेलमा धेरै गोल खाने टोली बन्यो ।
पुचले खेलको १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा भार्गासले व्यक्तिगत पहिलो र चिलीका लागि दोस्रो गोल गरेका थिए । दोस्रो हाफको ४९ औं मिनेटमा एलेक्सिस सान्चेजले चिलीका लागि तेस्रो गोल गरे । त्यसपछि ५२, ५७, ७४ औं मिनेटमा भार्गासले गोल गर्दै उनले गोल संख्या ४ पुर्याए ।
८७ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो र टिमका लागि सातौं गोल गरेका थिए ।
0 comments:
Post a Comment