Friday, June 24, 2016

मैदानमै पादेपछि खेलाडीलाई रातो कार्ड


फुटबल खेलमा विपक्षी खेलाडिमाथि गम्भीर फाउल गर्ने वा गम्भीर रुपमा खेलको नियम उल्लंघन गर्ने खेलाडिलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउने गरेको त हामीले देखेकै छौँ ।

तर कुनै फुटबल खेलाडिलाई पादेको आरोपमा रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको भने अहिलेसम्म देखिएको थिएन । स्विडेनमा भने यो आठौँ आश्चर्य पनि देखिएको छ ।

स्विडेनमा त्यहाँका एक लिग फुटबल प्रतियोगिताका दौरान एक खेलाडिले खेल चलिरहेको बेला मैदानमै पादेपछि रातो कार्ड खानुपरेको छ ।

स्विडिस लिगको पुछारमा रहेको पर्साजेन एस के क्लबका खेलाडि एडम लिन्डिन लिजुंगभिस्टले हालै जार्ना एसके टीमसँगको खेलका दौरान पादेको अभियोगमा रातो कार्ड खाँदै मैदान छाडेका हुन् ।

उनले दुइवटा पहेँलो कार्डसँगै अन्तिममा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपर्यो । एडमले खेलको अनुशासन बाहिरको व्यवहार देखाएको र कुनै खेलाडिलाई लक्षित गरेर पादेको उक्त खेलका रेफ्रीले दाबी गरेका छन् ।

तर एडमले भने आफुलाई पादेको आरोपमा रातो कार्ड देखाउँदा झसँग भएको बताए । मैदान बाहिर बेन्चमा आएर अन्य खेलाडिहरुलाई आफ्नो बारेमा सुनाउँदा आफुले पादेको आरोपमा रातो कार्ड पाएको भन्ने कुरा कसैले पनि नपत्याएको उनले बताए ।

तर एडमले यति जोडसँग पादेका थिएकी मैदानमा उनीभन्दा केही टाढा दौडिरहेका अन्य खेलाडिले समेत पादेको आवाज सुनेका थिए ।

आफुले पाद्ने कुरालाई खासै ठूलो नमान्ने भन्दै उनले तिललाई पहाड बनाउने मानिसहरुले घटनालाई उचालेको आरोप लगाए । साँच्चीकै उनी यतिधेरै पदुवा रहेछन् की जिउ यस्तो तन्काउँदा पनि मलद्धारबाट हावा निस्कने रहेछ । फुटबल मैदानको घटना त त्यसको एउटा संस्करण मात्र रहेछ ।

0 comments:

Post a Comment