Wednesday, June 22, 2016

सेल्फी रोगलाई कसरी आफ्नो धन्दा बनाउँदैछन् स्मार्टफोन कम्पनीहरु ?


स्मार्टफोनको दुनियामा यसलाई सेल्फी अर्थतन्त्र भनिन्छ । स्मार्टफोन बनाउने कम्पनीहरु उपभोक्ताहरुको यहीँ सेल्फी रोगलाई आफ्नो धन्दा बनाइरहेका छन् ।
यो धन्दा यस्तो भैसकेको छ की अब यस्ता स्मार्टफोन बनिरहेका छन् जो अरु काममा कमसल तर सेल्फी खिच्ने क्षमतामा जोड दिने गरिएको छ ।

अघिल्लो महिना सोनीले नयाँ स्मार्टफोन लञ्च गर्यो । एक्सपेरिया एक्स ए अल्ट्रा नामक उक्त स्मार्टफोनमा २१ मेगापिक्सेलको मुख्य क्यामरा मात्र होइन १६ मेगापिक्सेलको सेल्फी क्यामरा समेत राखिएको छ ।
यसको तुलनामा आइफोन सिक्स एस र सामसुंग ग्यालेक्सी एस सेभेन दुबैमा फन्ट क्यामरा केबल ५ मेगापिक्सेलको हुने गरेको छ र मुख्य क्यामरा १२ मेगापिक्सेलको हुने गरेको छ ।
उल्लेखित आइफोन तथा ग्यालेक्सी स्मार्टफोनको विज्ञापनमा समेत यसको क्यामराले कस्तो गुणस्तरको फोटा खिच्न सक्दछ भन्ने कुरालाई नै बढाइचढाई गर्ने गरिएको हुन्छ र स्मार्टफोनको क्यामराले खिचेका फोटाहरुलाई विज्ञापनमा प्रयोग अधिक गर्ने गरिन्छ ।
जति जति सेल्फी रोग बढ्दै गएको छ स्मार्टफोनको फ्रन्ट क्यामराको महत्व अचानक बढिरहेको छ ।
सेल्फी क्यामरामा विभिन्न खाले फिचर्स समेत हाल्न थालिएको छ । कसैमा वाइड एंगलवाला लेन्स त कतिमा मुस्कान पहिचान गर्ने फिचर । त्यस्तै सेल्फी क्यामरामा हुने अटो मोडले अरुभन्दा राम्रो काम गर्ने कतिपय कम्पनीले दाबी गर्दछन् । कम्पनीहरुको मार्केटिंगको जादू तब मानिन्छ जब कम भन्दा कम फिचर उपलब्ध गराएर मानिसहरुबाट त्यसका लागि बढि भन्दा बढि मूल्य अशूली गर्न सकिन्छ ।
सोनीको एक्सपेरिया सी थ्री मै पनि वाइड एंगल लेन्स छ । तर यसको सेल्फी क्यामरा केवल ५ मेगापिक्सेलको छ । एचटिसी आई मा अगाडि र पछाडिका दुबै क्यामरा १३ मेगापिक्सेलका छन् र दुबैमा एक एक वटा फ्लास पनि छन् । यस्तोमा तपाइँ अँध्यारो वा कम प्रकाशमा समेत राम्रोसँग सेल्फी खिच्न सक्नुहुन्छ ।
त्यस्तै माइक्रोम्यासको क्यानभास नाइटमा मुख्य क्यामरा १६ मेगापिक्सेल तथा सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । यो स्मार्टफोनको क्यामरामा सफ्टवेयरमार्फत विभिन्न फिचर थप्न सकिनछ । त्यसमा जूम, ब्राइटनेस, मोड, सीन आदि छन् । यी फिचरहरु सेल्फी क्यामरा वा रियर क्यामरा कुनमा प्रयोग गर्ने भन्ने कुरा पनि छान्न सकिन्छ ।
जिओनीको इ सेभेन मिनि स्मार्टफोनमा १३ मेगापिक्सेलको घुम्ने क्यामराको प्रयोग गरिएको छ । यसमा एउटै क्यामरालाई सेल्फी क्यामरा तथा मुख्य क्यामराका रुपमा बदलेर प्रयोग गर्न सकिनछ । यसको म्याक्रो फोकस फिचर निकै उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
ओप्पोको एन वान स्मार्टफोनमा पनि यस्तै घुम्ने क्यामरा रहेको छ र त्यससँगै एउटा रिमोट कन्ट्रोल पनि उपलब्ध छ । यो स्मार्टफोनबाट फोटो खिच्नका लागि तपाइँले स्मार्टफोनकेा स्त्रिmन छुनु पर्दैन रिमोटको बटन दबाइदिए पुग्छ । यसमा १३ मेगापिक्सेलको क्यामरा छ ।
असूस, मोटो एक्स स्टाइल, एलजी जी फोर, शाओमी एमआइ फोर आइ जस्ता विभिन्न स्मार्टफोनहरुलाई पनि सम्बन्धित कम्पनीहरुले सेल्फी क्यामराकै नाम बेचेर बिकाउने प्रयास गरिरहेका छन् । अहिले कम्पनीहरुले स्मार्टफोनको क्यामरामा यतिधेरै जोड लगाइरहेका छन् की कुनैदिन मानिसहरुले स्मार्टफोनबाट फोन गर्नपनि सकिन्छ भन्ने कुरा नभुल्लान् भन्न सकिन्न ।
स्मार्टफोनका अलावा सेल्फी खिच्नका लागि जुत्ता, चम्चा, औँठी, सेल्फी स्टिक तथा सेल्फीयुक्त टोस्टर जसमा ब्रेड टोस्ट गर्दा तपाइँको सेल्फी खिचिन्छ यी सबै चिजहरु सेल्फी अर्थतन्त्रमा सामेल छन् ।

0 comments:

Post a Comment