Wednesday, June 22, 2016

सडकमा हिँडिरहेकी युवतीमाथि छुरा प्रहार


८ असार, काठमाडौं । काठमाडौंको बागबजारस्थित पुरानो बसपार्क नजिकै एक युवती माथि छुरा प्रहार भएको छ । बिहान करिब ८ बजे हिंडिरहेको अवस्थामा दोलखा लापिङ घर भै बागबजार नै बस्दै आएकी २१ वर्षीया सुष्मा थामी माथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरवारका अनुसार आफूलाई सुष्माको श्रीमान बताउने दोलखा लापिङकै २१ वर्षीय झलकबहादुर थापाले छुरा प्रहार गरेका हुन् ।
पछाडिबाट प्रहार गरिएको छुराले सुष्माको ढाडमा गहिरो चोट लागेको छ । उनी अहिले बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी बताएको छ । उनको बागबजारस्थित मोडल अस्पतालमा उपचार भैरहेको छ ।
छुरा प्रहार गर्ने थापालाई प्रहरीले पक्राउ गरिसकेको छ । सुष्मासँग करिब २ वर्ष अगाडि आफ्नो विवाह भएको र घरायसी विवादका कारण केही महिनादेखि आफूहरु छुट्टाछुटै बस्दै आएको थापाले प्रहरीलाई बयान दिएका छन् ।

0 comments:

Post a Comment