Wednesday, June 29, 2016

तपाईलाई थाहा छ १ सेकेण्डमा इन्टरनेटमा के के हुन्छ भनेर ?


काठमाडौं, १४ असार । इन्टरनेट मानिसको अभिन्न अंग बनेको छ । विश्वभर करीव ४६.१ प्रतिशत जनसंख्या अर्थात् ३ अर्व ४ करोड मानिसहरु कुनै कुनै रुपमा इन्टरनेटसँग जोडिएका छन् । यी मानिसले एक सेकेण्डमा इन्टरनेट मार्फत धेरै क्रियाकलाप गरिरहेका हुन्छन् ।

एक सेकेण्डमा इन्टरनेटमा के के हुन्छ त ?
इन्टरनेट एकदमै व्यस्त प्ल्याटफर्म हो जहाँ हरेक क्षण करोडौ मानिसहरु इमेल, फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता कैयौं सोसल साइट चलाइरहेको हुन्छन् । हालै एक मिनेटमा इन्टरनेटमा के के हुन्छ भनेर इन्टरनेट लाइभ स्टाट्सले एउटा म्यापिङ गरेको छ ।
उक्त म्यापिङअनुसार हरेक सेकेण्डमा ५४ हजार गुगल सर्च हुने, ७ हजार ट्विट गरिने तथा २० लाख इमेल आदानप्रदान हुने गर्दछ । त्यस्तै  ७२९ फोटो इन्टाग्रामा शेयर गरिन्छ, १ लाख २५ हजार ४ सय ६ वटा भिडियो युटुवमा हेर्ने गरिन्छ भने स्काइपमार्फत २ हजार १ सय ७७ कल हुने गर्दछन् ।
हरेक सेकेण्डमा २ हजार मानिसले फेसबुक चलाइरहेका हुन्छन् र यो अवधिमा थप ५ जना मानिसले फेसबुक अकाउण्ट खोल्ने गर्दछन् । त्यस्तै ४ हजार ८ सय ८३ वटा स्टेटस अपडेट गरिन्छ ।

0 comments:

Post a Comment