Wednesday, June 29, 2016

कांग्रेसमा हजार पद रिक्त, कार्यकर्ता बेरोजगार


१६ असार, काठमाडौं । १३ औं महाधिवेशनपछि कांग्रेसमा हजारभन्दा बढी पद रिक्त रहेको पाइएको छ ।
ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा कांग्रेसका नेता कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् ।
महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयान पूरा गरिसक्नुपर्ने व्यवस्था छ ।
तर, सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको आजको राजधानी दैनिकमा समाचार छ ।  किस्ताबन्दी मनोनयन पनि निकै कम पदमा मात्रै भएको छ ।
सभापति देउवाले ४२ वटा विभागमा मनोनयान गर्न बाँकी छ । एउटा विभागलाई पूर्णता दिँदा मात्रै पनि २१ जना नेताले काम पाउँछन् ।
विभागमा पूर्णता नहुँदा कांग्रेसका ८ सय ८२ कार्यकर्ता बेरोजगार भएका छन् ।
ज्येष्ठ राजनीतज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति लगायतमा पनि मनोनयन गर्न बाँकी नै छ ।

0 comments:

Post a Comment