Wednesday, June 29, 2016

काँग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन


काठमाडौँ, १६ असार । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन । 

नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा आन्तरिक विवादका कारण सात जिल्लाको अधिवेशन हुन सकेको थिएन । गत जेठ २२ गते बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले असार पहिलो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न परिपत्र गरे पनि असारको तेस्रो हप्ता हुँदासम्म तीन जिल्लाबाहेक चार जिल्ला र एक क्षेत्रको अधिवेशन हुन नसकेको हो । अधिवेशन हुन नसकेकामा सिरहा, धनुषा, महोत्तरी, पर्सा र धनुषाको क्षेत्र नं ५ हो । 

पछिल्लोपटक अधिवेशन सम्पन्न भएका जिल्लामध्ये सिन्धुपाल्चोकमा विकास लामा, बझाङमा हर्कजङ्ग बहादुर सिंह र कञ्चनपुरमा हरिप्रसाद बोहरा निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले केन्द्रबाट सबै जिल्लामा अधिवेशन गर्न परिपत्र गरिसकिएको, जिल्लाका निर्वाचन अधिकृतले निर्वाचनको कार्यतालिका मिलाउँदै गर्दा ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अरू जिल्लामा पनि छिट्टै अधिवेशन गर्न लागिरहेका छौँ ।” रासस 

0 comments:

Post a Comment