Wednesday, June 29, 2016

नेपालमा गरिबी अझ बढ्ने विश्व बैंकको चेतावनी


१६ असार, काठमाडौं । विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ ।
विश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनले बाषिर्क २.२ प्रतिशतका दरले गरिबी घटेपनि गरिबीको रेखाबाट माथि उठेका ४५ प्रतिशत जनसंख्या जुनसुकै बेला पनि गरिबीमा र्फकन सक्ने चेतावनी दिएको छ ।
नेपालमा अझै पनि कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका वरिष्ठ अर्थशास्त्री शैलेश तिवारीले गरिबी निवारणका लागि रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए ।
‘रेमिट्यान्सले गर्दा नेपालीको जीवनस्तर माथि उकासिएको छ तर गरिब र धनीबीचको खाडल भने हटेको छैन,’उनले भने । प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा अत्यधिक बढेको छ ।
सन् १९९५मा कुल जीडीपीमा रेमिट्यान्सको योगदान १.५ प्रतिशत रहेकोमा सन् २०१० मा आइपुग्दा यो २३ प्रतिशत पुगेको र अहिले ३० प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले पहिलो दैनिक १.२५ डलरभन्दा कम आम्दानी गर्नेलाई गरिबीको सूचीमा राख्ने गरेकोमा अहिले बढाएर दैनिक १.९० डलर पुर्‍याएको छ ।

0 comments:

Post a Comment