Wednesday, June 22, 2016

२०७३ आषाढ ०९ गते बिहीबार हेर्नुहोस् : आजको पञ्चाङ्ग र राशिफल


आजको पञ्चाङ्ग

वि.सं. २०७३ आषाढ ०९ गते बिहीबार तदनुसार ई. सं. २०१६ जुन २३ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय:बिहान ०५:११ बजे र सूर्यास्त:साँझ ०७:०१ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय:बिहान ०५:११ बजे र सूर्यास्त:साँझ ०७:०१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय:बिहान ०५:१५ बजे र सूर्यास्त:साँझ ०७:०७ बजे
आषाढ कृष्णपक्षको तृतीया तिथि, दिउँसो ०४:३५ बजेसम्म, त्यसपछि चतुर्थी तिथि,
उत्तराषाढा नक्षत्र, बिहान ०९:२४ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त),
ऐन्द्र योग, बिहान ०७:३८ बजेसम्म, त्यसपछि वैधृति योग,
विष्टि (भद्रा) करण, दिउँसो ०४:३५ बजेसम्म त्यसपछि बब करण,
आनन्दादि योग:सौम्य, चन्द्रवर्ण:कालो, चन्द्रदिशा:दक्षिण, योगिनीदिशा:आग्नेय, वारशूल:दक्षिण,
आजको चाडपर्व र उत्सव:सहिद धर्मभक्त माथेमा जयन्ती,
आजको मूहुर्त:अन्नप्राशन(पास्नी),
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त:
११ गते:भूमिपूजा,
१२ गते:त्रिपुष्कर योग दिनको १२ बजेर ४६ मिनेटपछि,

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । लामो दूरीको लाभदायी यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थकानको अनुभूति गर्नेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । तर आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । स्वास्थ्यप्रति सचेत हुनुहोला । प्रेमसम्बन्धमा समेत निरसता छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने छ, तर कामको चाप र धनको अभावले निराशा हुनसक्छ । यात्रामा सावधानी अपनाउनु होला, नरमाइलो बन्नसक्छ । घरपरिवारमा मतभिन्नता बढ्न सक्छ । नजिकैको स्त्रीलिङ्गी नातेदारको स्वास्थ्यमा समस्या आउन सक्छ । बन्दव्यापारमा ठूलो उपलब्धी लिन सकिंदैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने दिन छ । छरछिमेकमा असामञ्जस्य बढ्ने छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति पक्षको क्रियाकलापमा ध्यान केन्द्रित हुन सक्छ । बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

नजिकका मित्र तथा दाजुभाइको साथ पाउँदा पाउँदै आँटेको काममा सफलता नमिल्न सक्छ । एक्कासी वैराग्य जाग्न सक्छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । व्यापारिक वा दैनिक कामहरूमा नराम्रो छैन, तर व्यवहारिक र सामाजिक खर्चमा अनायासै खर्च बृद्धि हुने सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्यमा पनि सकारात्मक संकेत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज गरिएको क्रियाकलाप दीर्घकालसम्म अडिलो नबन्न सक्छ, त्यसैले तुरुन्त पूरा हुने काममा हात हाल्नु राम्रो हुन्छ । बुद्धि र विवेकको सकेसम्म प्रयोग गर्नु राम्रो हुन्छ, हतारमा गरेको क्रियाकलापले पछि निर्णय फेर्नु पर्ने बाध्यता बन्नसक्छ । अरूअरुले सहयोग गर्न सक्दैनन् । बोल्दा विचार पुर्याउनु राम्रो हो, नत्र अपमानित भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सन्ततिका समस्या निराकरण गर्न समय र धन खर्च हुने सम्भावना छ । सानोतिनो आर्थिक समस्याले पिरोल्ने छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । व्यापारव्यवसायमा लाभ मिल्नेछ । दाम्पत्यसम्बन्धका लागि समय निकाल्न सकिंदैन । बौद्धिक क्षमता बढ्नेछ । मातापितासँग सम्बन्ध चिसिन सक्छ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

0 comments:

Post a Comment