Wednesday, June 22, 2016

कांग्रेस संसदीय दलको कार्यसमितिमा पाँच सदस्य मनोनित


८ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा पाँच जना मनोनित भएका छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार पाँच सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित हुनेहरुमा कैलाली क्षेत्रनम्बर ५ का दीर्घराज भाट, संखुवासभा क्षेत्रनम्बर १ का तारामान गुरुङ, बर्दिया क्षेत्रनम्बर २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्रनम्बर ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी छन् ।
संसदीय दलका नेता देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम उनीहरुलाई सदस्य पदमा मनोनित गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment