Wednesday, June 29, 2016

काठमाडौं-चीन बस चल्ने


१६ असार, काठमाडौं । सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ ।
नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहको छ ।
सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै समझौता भएको विषयम भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन ।
अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पइाबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ ।
तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सकने गरी सहमति भएको पनि ढकालले जानकारी दिए ।

0 comments:

Post a Comment