Tuesday, June 21, 2016

डिपोभरी चामल कर्णालीवासी भोकभोकै


८ असार, काठमाडौं । भोकमरीले कर्णालीबासी चामल नपाएर भोकभोकै हुने अवस्थमा पुगेका छन् । तर त्यो क्षेत्रमा पुगेका चामल भने खाद्य संस्थानको डिपोमा थन्किएर बसेको छ ।
कर्णाली अञ्चलका मुगु , कालिकोट, र हुम्लाका साथै अर्काे छिमेकी जिल्ला बाजुराको जिल्ला बिकास समितीले चामल वितरणबारे कार्ययोजना नबनाउदाँ त्यो क्षेत्रका जनताका लागि छुट्टाएको चामल खाद्य गोदाममै थन्किएको हो । चामल संस्थाको डिपोभरी भए पनि वितरण नभएपछि स्थानिय जन प्रतिनिधीहरु समेत रुष्ट बनेका छन् । अाजको राजधानीदैनिकमा समाचार छ ।

नेपाल खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले भोकमरीबाट प्रभावित जनताका लागि पठाएको ४ हजार क्विन्टल चामल सम्बन्धित जिल्ला विकास समितिहरुले वितरण कार्ययोजना नबनाउँदा वितरण गर्न नसकिएको बताए ।
खडेरी प्रभावित सर्वसाधारणलाई पठाइएको चामल स्थानीय डिपोले गोठमा त्रिपालले छोपेर लामो समयसम्म राख्दा विग्रनसम्ने उनले बताए । खडेरीले भोकमारीको खतरा भएपछि सरकारले बंगलादेशले भूकम्पपीडितका लागि पठाएको चामल ती जिल्लामा पठाएको थियो ।

0 comments:

Post a Comment