Tuesday, June 21, 2016

ईन हाउस क्रियसन को सास्कृतिक कार्यक्रम सम्पन्न


७ असार, काभ्रे ।  यसपली सदा जस्तै प्राचीन, ऐतिहासिकजात्रा पनौती जात्रा काभ्रेको पनौतीमा सम्पन भयो  । तर जात्राको रौनकलाई अझै थप रौनकता भरेको थियो पनौतीमा भएको सास्कृतिक कार्यक्रमले। ईन हाउस क्रियसनको आयोजनमा “पनौती जात्रा विशेष छात्रवृत्ति वितरण तथा सास्कृतिक कार्यक्रम ” भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । कला सस्कृति  संक्षण हाम्रो प्रयास भन्ने मुल नाराका साथ अन्य सास्कृतिक कार्यक्रम भन्दा फरक फरक कार्यक्रम आयोजना भएको थियो । उपस्थित सबै अथितीलाई प्रमुख मान्दै सास्कृतिक प्रस्तुति पस्कदै गर्दा दिनभरि जसो परेको सिमसिमे झरीमा पनि छाता ओडेर पनौतीका दर्शक श्रोता दिग नहल्ली कलाकारको प्रस्तुति हेर्नमै व्यस्त देखिन्थे। कार्यक्रममा देउला बासुरी बाजा परिवारको बासुरी बाधन, लोक नृत्य, हास्य व्यङ्ग्य प्रस्तुती, रमेश दुलाल “कागे” ले जम्मा गरेको काग ले त झनै रौनकता थपेको थियो। 

शंखेश्वोरी प्राथमिक बिद्यालय शंखु पाटिचौर -९ काभ्रेमा शिशु कक्षा देखी ५ कक्षा सम्म पढ्ने बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै पनौती नगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्याम कुमार खड्काले पनि पनौती जात्रा अवलोकन गर्न र सास्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आयोजक संस्था ईन हाउस क्रियसनलाई सल्लाह दिनु भयो । कार्यक्रममा चर्चित संगीतकार अष्ट लामा, हरि कर्माचार्य, प्रकाश कटुवाल, रामहरि न्यौपाने, शर्मिला श्रेष्ठ, सन्तोष ताम्राकार, पारस थापा, दिनेश लामा, राजकुमार बन्जरा, प्रकश तिमल्सिना, स्तव्ध व्याण्ड, लगायतले आफ्नो प्रस्तुति पस्कदै गर्दा सिमसिमे झरिमा दर्शक मज्जाले नाचेको दृश्य पनि निकै लोभ लाग्दो देखिन्थ्यो। 

ऐतिहासिक नगरी पनौती र पनौती जात्राको विशेषताको चर्चा भने अथिती संयोजक लक्ष्मण मातन्छेले गर्नु भएको थियो। समग्रमा पनौती जात्रा विशेष छात्रवृत्ति वितरण तथा वृहत् सास्कृतिक कार्यक्रम सौहाद्र पुर्ण वातावरणमा सम्पन्न भयो। सहयोगि संघ संस्था, व्यक्ति सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम संयोजक दिनेश लामाले पनि आफ्नो प्रस्तुति पस्केर दर्शक श्रोता नचाउन भ्याए।

0 comments:

Post a Comment