Wednesday, June 22, 2016

काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई दिल्ली लगियो


८ असार, काठमाडौं । काबुल घटनामा घाइते भएका थप पाँच नेपालीलाई पनि उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ ।
घाइतेहरु प्रेमबहादुर क्षेत्री, चेतप्रसाद शेरचन, कुमारबहादुर गुरुङ, कृष्णकुमार देउजा र अमृत रोकाय क्षेत्रीलाई उपचारका लागि दिल्ली लगिएको हो ।
उनीहरुलाई बुधबार बिहान दिल्ली लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार गम्भीर अवस्थामा रहेका दुई जनालाई दिल्ली लगिएको थियो ।
अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी आक्रमण हुँदा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो । घटनामा घाइते भएका ९ जनामध्ये ७ जना नेपाली थिए ।
१२ शवसँगै २४ नेपाली अफगानिस्तानबाट बुधबार घर फर्किएका छन् । सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर अफगानिस्तान लगेको थियो ।  सोही विमानमार्फत् नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न सरकारले भनेको थियो ।

0 comments:

Post a Comment