Tuesday, June 28, 2016

‘भद्रगोल’कि रक्षाले गरिन् सिन्दुर लगाएर भगाउन आग्रह


गायिका श्रृजना खत्रीले आफ्नो आवाजमा समावेश अर्को गीत पनि सार्वजनिक गरेकी छिन् । ‘हाउेड माया’ बोलको गीतबाट चर्चामा आएकी श्रृजनाले ‘शिरमा सिन्दुर’ बोलको गीत बजारमा ल्याएकी हुन् ।
यो गीतको भिडियोमा रक्षा श्रेष्ठ, नविन लम्साल र विदुर प्रसाइँले मोडलिङ गरेका छन् । श्रृजनाले पप शैलीको रोमान्टिक गीत गाउँदै आएकी छिन् । यो गीत पनि श्रोताको मुखमा झुन्डने शैलीको छ । गीतमा श्रृजनाकै शब्द, संगीत तथा स्वर समावेश छ । भिडियोमा उनी आफू पनि देखिएकी छिन् । यूवराज वाइवाले निर्देशन गरेको भिडियोमा हाँस्य सिरियल ‘भद्रगोल’कि रक्षा हट देखिएकी छिन् ।

0 comments:

Post a Comment