Wednesday, June 29, 2016

हाम्रो पात्रोमा नयाँ सुविधा


असार १५, काठमाडौ–हाम्रो पात्रोले सवै विषयका समाचार सजिलै पढ्न सक्नेगरि थप नयाँ सुविधा ल्याएको छ । तस्बिर अनुकूलता हुने, पञ्चाङ्ग, तरकारी बजार लोडसेडिङ लगायतका विाष्यमा जानकारी प्राप्त गर्न सक्ने गरि सुविधा थप गरिएको जनाइएको छ । उत्कृष्ट र कमजोर दुवै क्षमताको इन्टरनेटमा पनि तस्विरहरु खुल्ने, सूर्योदय, सूर्यास्त, नेपाल सम्बत सहितको पूर्ण पञ्चाङ्ग, विभिन्न मौसमी तरकारीहरुको थोक तथा खुद्रा मूल्य, लोडसेडिङको जानकारी उच्च स्तरमा लिन सकिने जनाइएको छ । समय अड्किने समस्याको समाधान गरिएकाले समयानुकूल परिवर्तन, परिमार्जन गर्दै प्रयोकर्ताहरुको अझ विश्वसनीय र प्यारो मोबाईल सहयात्री बन्ने प्रयास गरेको हाम्रो पात्रोले जनाएको छ ।

 एप्लीकेशनमा थपिएको समाचार पृष्ठ नयाँ परिवर्तन रहेको र परीमार्जनपछि प्रयोकर्ताहरुले उत्कृष्ठ सेवा पाउने जनाइएको छ । मोबाइलमा ताजा समाचार अन्तर्गत एउटै विषयका उस्तै समाचारहरु क्रमैसंगै बसिदिंदा हुने अप्ठेरो प्रयोगाभ्यासलाई मनन गर्दै नयाँ प्रविधिमार्फत् रोचक समाचारहरु एकै ठाउँमा सूचीकृत हुने व्यवस्था गरिएको छ । अनलाइन समाचार पोर्टलहरुमध्येबाट जिज्ञासा र इच्छा अनुसारका समाचार प्रस्तुत गर्नसक्छ, अर्थात् नयाँ अपडेट सहितको यो नयाँ ‘हाम्रो पात्रो’ अझ चतूर हुँदै नव प्रविधिगत अभ्यासमा एक कदम अघि बढेको जनाएको छ । नयाँ इन्जिनमा ९० प्रतिशत शुद्धता र यसमा नयाँ उपादयता थप्नलाई इन्जिनियरको क्रियाशील समूह कटिबद्ध रहेको जनाएको छ ।

0 comments:

Post a Comment