Tuesday, June 21, 2016

व्यवसायीले धम्की दिए पनि ग्यास अभाव नहुने


८ असार, काठमाडौं । ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति (पीडीओ) नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।
सरकारले एचपी ग्यासको पीडीओ रोक्का गर्ने निर्णय फिर्ता नलिएको विरोधमा नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारदेखि पीडीओ नभर्ने चेतावनी दिएका थिए । आजको नेपाल समाचारपत्रमा समाचार छ ।
नेपाल आयल निगमले ग्यास कम्पनीहरुला
ई उपलव्ध गराउने प्रोडक्ट डेलिभरी अर्डर नभर्ने ग्यास कम्पनीहरुको निर्णयसँगै बजारमा क्रमशः ग्यासको अभाव हुने अवस्था उत्पन्न हुने र कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने सम्भावनालाई सर्वसाधारणमाझ चर्चा परिचार्चा भइरहँदा आपूर्ति मन्त्रालयले ग्यास अभाव नहुने स्पष्ट पारेको छ ।
कम्पनीहरुले अहिलेसम्म भरेको पीडीओअनुरुप ग्यास उठाउन बाँकी रहेको जनाउँदै आपूर्ति मन्त्रालयले तत्काल ग्यास अभाव नहुने जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले पीडीओ भरेअनुरुप ग्यास आउँन बाँकी छ जसले गर्दा बजारमा ग्यासको अभाव हुँदैन ।

0 comments:

Post a Comment