व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले १३ जना नेपालीको ज्यान जाने गरी भएको काबुल घटनाको निन्दा र विरोध गरे । उनले काबुल घटनामा घाइते भएकाहरुको उपचार खर्च पनि सरकार आफैंले व्यहोेर्ने बताए । घाइते मध्ये ५ को भारतमा र एकको अफगानिस्तानमा उपचार भइरहेको छ ।
घटनामा मारिएकाहरुलाई नेपाल वायु सेवा निगमको जहाजबाट काठमाडौं ल्याइएको थियो । उक्त विमान सरकारले चार्टर गरेर पठाएको थियो ।
प्रधानमन्त्री ओलीले संसदमा भने,’सरकारले जहाज पठायो र ल्यायो र चर, त्यसलाई अवमुल्यन गर्ने गरी प्रयास भयो । बैदेशिक रोजगारसँग सम्वन्धित कम्पनीहरुले १०-१० हजार डलर दिएको थियो, त्यस आधारमा ल्याइएइको भन्ने भ्रम पूर्ण प्रचार गरियो ।’ उनले अघि भने, ‘कसैले सहयोग गरेर, पैसा दिएर होइन । सरकारले आफ्नैतर्फबाट ल्याएको हो ।’
साथै उनले सरकारले दिएको १० लाख मृतकका परिवारले पाउने बीमा तथा सहयोगमा कट्टा नगरिने समेत बताएका छन् ।
0 comments:
Post a Comment