Monday, June 20, 2016

आफैं खुलासा गरे बलात्कार र ३२ हत्या


असार ७, काठमाडौं–एक युवतीको हत्या र बलात्कारको अभियोगमा पक्राउ परेका मानबहादुर बुढाथोकीले एक वर्षबीचमा धनुषा र महोत्तरीमा आफूले घटाएको घटनाको फेहरिस्त खोल्दा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली अक्कवक्क भयो । २०५३ मा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछि ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो । यसबीचमा उनले एक घटना मात्रै स्विकार गरेनन् प्रहरीले चाल नै नपाएको अन्य ३१ वटा घटनामा समेत आफू संलग्न रहेको दावी गरे । 

ब्युरोका डिआईजी नवराज सिलवालका अनुसार उनले दावी गरेका हत्या घटनामध्ये प्रहरीले ६ वटाको रेकर्ड फेला पारिसकेको छ । अन्य २६ वटा घटनाका पीडितको हुन प्रहरीलाई समेत पत्तो छैन । ‘अन्य २६ वटाबारे हामी नै अनुसन्धानमा छौं,’ उनले भने । 
ब्युरोले सार्वजनिक गरेको बुढाथोकीले स्विकार गरेको हत्या घटनाको प्रकृती एकै प्रकारको छ । धनुषा र महोत्तरीका विभिन्न स्थानमा २०५२ र २०५३ का विचमा भएका घटना अधिकांश सुनसान स्थानमा घटेका छन् । यी सबै घटनामा मारिएकाको घांटी थिचिएको छ भने अधिकांशको बलात्कार समेत भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । 

0 comments:

Post a Comment