Monday, June 20, 2016

कोरियामा पानीजहाजको माग घट्यो, नेपाली कामदारलार्इ असर


७ असार, काठमाडौं । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रतयक्ष असर नेपाली कामदारमा पर्ने भएको छ ।
माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् ।  ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्दछन् ।
कोरियामा पानीजहाज उत्पादन गर्ने ठूला कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको हो । रोजगार अनुमति प्रणालीमार्फत कोरिया पुगेका आठ सय २५ नेपाली कामदार डेउ सिपविल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीका कार्यरत छन् । अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका अाजको अन्नपूर्णमा समाचार छ ।
हुन्डाइ इन्ड्रस्टि्रज कम्पनीले मे महिनाको पहिलो साता करिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङहेभी इन्ड्रस्टिजले स्वेच्छिक अवकासको योजना ल्याएको छ ।
२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो । माग घटेपछि जहाज उत्पादक कम्पनीले गत माघदेखि जनशक्ति घटाउँदै लगेका छन् ।

0 comments:

Post a Comment