Saturday, June 18, 2016

भेरी नदीमा बस खस्यो, तीन घाइते


५, असार, सल्यान । सल्यान देवस्थलस्थित भेरी नदीमा बस खसेको छ । भेरी राप्ती यातायातको ना ४ ख ५९४४ नम्बरको बस देवस्थल ६ आम्रा भन्ने स्थानमा सडकबाट करिव १ सय मिटर तल भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज विहान करिव ६ः३५ बजेतिरको समयमा सुर्खेत धारपानीबाट सल्लीबजार-नेपालगञ्जको क्युका लागि आउँदै गर्दा बस नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम खत्रीले जनाए ।
बससँगै नदीमा डुबेका बसका चालक, गाडी धनी र सहचालकलाई नेपाल प्रहरी तथा नेपाली सेनाले उद्धार गरि अस्पताल पुर्‍याएको खत्रीले जानकारी दिए । उनीहरुको उपचार भइरहेको छ ।
बसमा यात्रु नभएकाले ठूलो क्षती हुन पाएन । गाडी अझै नदीमै रहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment