सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलाथ्व)
काठमाण्डौ, नेपालमा सूर्योदय :बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०० बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे
ज्येष्ठ शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ०२:४८ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि,
ज्येष्ठा नक्षत्र, भोलिबिहान सूर्योदयसम्म कायम रहने छ । चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त),
साध्य योग, बिहान ०९:३० बजेसम्म, त्यसपछि शुभ योग,
वणिज करण, दिउँसो ०२:४८ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण,
आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम, नक्षत्रशूल : पूर्व,
आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : मन्वादि, गैंडु पूजा, पनौती स्नान, पनौती भैरव भद्रकाली इन्द्रेश्वर रथयात्रा, मष्टो पूर्णिमा, ज्यापुन्हि
०७ गते : विश्व संगीत दिवस,
०८ गते : भूमिरज पर्व,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । नजिकैका व्यक्तिले समेत भावनाको मूल्यांकन नगर्दा कताकता मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । ज्ञान र सिप बाँडेर जस लिने समय हो । मुखमा सरस्वती बसेको दिन छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले समेत तपाईंको भावना बुझ्न सक्दैनन् । कल्पना र भावुकतामा मन रुमल्लिने छ । घरभित्रका झिनामसिना समस्या देखिन सक्छन् । पेसा, व्यवसाय वा व्यापारबाट पयाृप्त लाभ हुनेछैन । दिक्कलाग्दो यात्रा हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लाभस्थानको चन्द्रमा निर्बल भएकाले समय त्यत्ति बलियो छैन तर कसैको पनि अपमान नगरेमा गरेका कामधन्दा र व्यवसायबाट बेफाइदा हुँदैन । कुनै पनि भिखारी, माग्ने वा याचकलाई सकेसम्म निराश नतुल्याउनु होला । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुन सक्छ । मनोरञ्जनात्मक काममा समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
0 comments:
Post a Comment