Friday, June 17, 2016

राष्ट्रपतिद्वारा पौडी प्रतियोगिता अवलोकन


काठमाडौँ, ३ असार । अपाङ्गमैत्री खेलकुदबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज चौथो राष्ट्रिय अपाङ्गता पौडी प्रतियोगिताको आयोजना गरियो । 
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा आयोजना गरेको प्रतियोगितामा फरक खालका अपाङ्गता भएका ३५ जनाको सहभागिता थियो । 

प्रतियोगितामा पूर्ण दृष्टिविहीन महिला र पुरुष तथा ह्विलचियर प्रयोगकर्ताबीच २५ मिटर दूरीको पौडी स्पर्धा गराइएको हो । 

प्रतियोगितामा दृष्टिविहीन महिला पौडीतर्फ ५३ सेकेन्डमा २५ मिटर दूरी पार गर्दै जिमावती लामकोलिया प्रथम भइन् भने आयुषा क्षेत्री द्वितीय र धना दर्लामीले तृतीय स्थान हात पारिने । 



पुरुषतर्फ २० मिनेटमा दूरी पार गर्दै राकेश शर्मा प्रथम भए । सुमान घिमिरे द्वितीय र गोकर्ण न्यौपाने तृतीय भए । 

त्यसैगरी, ह्विलचियर प्रतियोगितातर्फ ४० सेकेन्डमा दुरी पार गर्दै निर्मला कार्की प्रथम भइन् । त्यस्तै जेनिसा कडायत द्वितीय र रजनी राई तृतीय भइन् । 

पुरुषतर्फ २३ सेकेन्डमा दूरी पार गर्दै रमेश खत्री प्रथम भए भने रामबहादुर तामाङ गोले द्वितीय र दीपक तामाङ तृतीय भए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पौडी प्रतियोगिताको आज अवलोकन गर्नुभएको थियो । 


नेपालमा पहिलोपल्ट विसं २०६० मा स्थापना भएको यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले सफलता हासिल गर्न सकेको जनाएको छ । 


प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो । सोही अवसरमा मनोरञ्जनात्मक वाटर पोलो खेलको पनि आयोजना गरिएको थियो । 

संस्थाकी अध्यक्ष लक्ष्मी कुँवरले अपाङ्गमैत्री खेलकुदको विकासतर्फ राज्यको ध्यान जानुपर्ने खाँचो औंल्याउनुभयो । रासस 

0 comments:

Post a Comment