डाउन सिन्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको ‘डाउन सिन्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि स्वरोजगार तथा आयमूलक प्रशिक्षण’ कार्यक्रममा अभिभावकले आफ्ना बालबालिकाका लागि पनि सरकारले बिमा गर्ने प्रावधानको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत महिला तथा बालबालिका केन्द्रका अधिकृत निर्जला चुँडालले अपाङ्गता भएका बालबालिकाले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापनमा ध्यान पु¥याउन सके उनीहरुसमेत स्वरोजगार बनी जीवन सहज ढङ्गले बिताउन सक्ने बताउनुभयो ।
अपाङ्ग मानवअधिकार केन्द्रका अध्यक्ष तारावदन सेढार्इंले समाजमा अपाङ्ग भएकाले केही गर्न सक्दैनन् भन्ने धारणा रहिआएको बताउँदै यसलाई चिर्नका लागि भए पनि आयआर्जनका कार्यमा संलग्न हुनु निकै सकारात्मक पक्ष हो भन्नुभयो ।
डाउन सिन्ड्रोम समाजका अध्यक्ष शीला थापाले १६ वर्षमाथिका डाउन सिन्ड्रोम तथा बौद्धिक अपाङ्गता भएकाहरुका लागि स्क्रिन प्रिन्टसम्बन्धी उक्त प्रशिक्षणको आयोजना गरेको जानकारी दिनुभयो ।
पाँच दिनसम्म चल्ने उक्त प्रशिक्षणमा नेपाली कागजमा विभिन्न आकृति अङ्कित गरी घर सजावटका सामग्री बनाउन सिकाइन्छ ।
डाउन सिन्ड्रोमबाट पीडितको तथ्याङ्क यकिन नभए पनि संस्थासँग करिब पाँच सय जनाको अबद्धता रहेको छ । रासस
0 comments:
Post a Comment