Thursday, June 16, 2016

न्यायाधीशले हाले न्यायपरिषदविरुद्ध मुद्दा


असार ३, काठमाडौं–न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

न्याय क्षेत्रमा पुर्या एको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा। सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दायर गरेका छन् । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर्गतको मनुस्मृतिमा गत वर्ष विद्याबारिधि गर्ने व्यक्ति भएको जनाइएको छ ।
उनले न्यायपरिषद्बाट अन्य न्यायाधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो राखेका छन् । अरु न्यायाधीशको क्रमसंख्या उल्लेख गर्दा उनले गरेको प्रशासनिक कार्यविधि जोडिए पनि आफू न्यायाधीश हुनुअघि कानुन व्यवसायीका रुपमा ३० वर्षसम्म पुर्योएको योगदानको उपेक्षा गरिएको उनको भनाइ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment