असार ६, काठमाडौं–गठबन्धन सरकारले भागबण्डाका आधारमा सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये अधिकाशंमाथि आर्थिक अनियमितताको अभियोग लागेको खुलासा भएको छ ।
उनीहरुमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारको अनुसन्धान पूरा नभई सरकारले उनीहरुको संसदीय सुनुवाई प्रक्रिया अघि बढाउनुलाई रहस्यका रुपमा हेरिएको छ ।
सरकारले २ महिनाअघि विभिन्न मुलुकका लागि एकैपटक २१ राजदूतको नाम सिफारिस गरेको थियो । कूनटीतिक नियोग, संवैधानिक तथा राजनैतिक नियुक्ति हुने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य सिफारिस गर्दा अख्तिायरको राय/सुझाव लिने परम्परा छ । आजको कारोबार दैनिकमा खबर छ ।
0 comments:
Post a Comment