Tuesday, June 7, 2016

कलिलो उमेरमै गर्भपतन गराउने बढे


२६ जेठ, काठमाडौं । रुपन्दैही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको छ ।
Doctor-Operationगर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवती रहेको पाइएको आजकोगोरखापत्रमा समाचार छ ।
गर्भपतन गराउने किशोरीहरु निर्धक्क मान्यता प्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ केन्द्रमा पुग्ने गरेका छन् ।
जिल्लामा सुरक्षित गर्भपतन गराउने अनुमति पाएका स्वास्थ्य केन्द्रहरुको मात्र तथ्यांक अनुसार किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको हो ।
नेपाल परिवार नियोजन संघ रुपन्देहीकी वरिष्ठ नर्स विष्णु गुरुङले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशारी तथा यसवतीहरु केन्द्रमा आउने गरेको बताइन् ।
गर्भपतनले कानुनी मान्यतापाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ । तर, त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् ।

0 comments:

Post a Comment