Thursday, June 16, 2016

नगरकोट नगरपालिकाब्यापी अन्तरबिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, तृष्णा अधिकारी प्रथम ।


२ असार, नगरकोट नगरपालिकाद्वारा आयोजित नगरकोट नगरपालिकाब्यापी अन्तरबिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाका सम्पुर्ण सामुदायीक माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सरस्वती उच्च माध्यमिक बिद्यालयकी छात्रा तृष्णा अधिकारी प्रथम भएकी छन । त्यस्तै देवी उच्च माध्यमिक बिद्यालयका छात्र आदि साख ः कर्मी द्वितिय,पञ्चकन्या माध्यमिक बिद्यालयका छात्र क्रिजन्स दुलाल तृतीय र महेन्द्रग्राम उच्च माध्यमिक बिद्यालयका छात्रा रुपा दुलालले चौथो स्थान हासील गरेका छन ।
नगरकोटको श्रीकृष्ण उच्च माध्यमिक बिद्यालयमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवं नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने बताँउदै आगामी दिनमा पनि नगरपालिकाले विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिने बताउनुभयो । साथै उहाँँले बिद्यालयहरुलाई पनि बिद्यार्थीहरुको बहुआयामीक बिकासमा जोड दिने कार्यक्रमहरुमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रथम हुने बिजेतालाई नेपाल मेगा कलेज,काठमाडौँको तर्फवाट कक्षा ११ र १२ मा अध्ययनका निम्ति पुर्ण छात्रवृत्ती प्रमाणपत्र प्रदान गरिएको थियो । साथै बिजेता बिद्यालयहरुलाई आकर्षक शिल्ड,बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र पशुपति पेन्ट्सको तर्फबाट आकर्षक घडीसमेत प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायकमण्डलमा बिगत लामो समयदेखी शैक्षीक कार्यक्रमहरुमा संलग्न ब्यक्तीहरु अभिषेक घिमिरे,पुजा भुसाल र सुशील भट्टराई रहनुभएको थियो । प्रस्तुत छ,प्रतियोगितामा प्रथम हुने छात्रा तृष्णा अधिकारीले दिएको वक्तृत्व आदरणीय सभापति महोदय,हाम्रो देश नेपालको मध्यमाञ्चल बिकास क्षेत्रभित्र रहेको वाग्मती अञ्चलको सबैभन्दा सानो जिल्ला हो भक्तपुर । यहि भक्तपुरको प्रसिद्ध शहर कमलबिनायकवाट जितपुरको मार्ग हुँदै करिब १२ किलोमिटर उत्तरपुर्वको उचाईमा अवस्थित करिब ६.८८ बर्गकिलोमिटर क्षेत्रफल रहेको एक रमणीय पर्यटकीय स्थानको रुपमा नगरकोटलाई चिनिन्छ । समुद्री सतहबाट करिब २१७५ मिटरको दुरीमा अवस्थित यस स्थान,नेपालको राजधानी शहर काठमाडौँबाट ३२ र भक्तपुरको सल्लाघारीबाट तेलकोटको मार्ग हुँदै २० किलोमिटरको दुरीमा अवस्थित रहेको छ । जसलाई हाम्रा पुरानो पुस्ताहरुले मण्डपगिरीका रुपमा चिन्ने गर्दथे । नगरकोटको उत्तर र पुर्वी सिमानामा काभ्रे,पश्चिममा काठमाडौँ र दक्षिणमा भक्तपुर सिमाना रहेको छ ।
सभापति महोदय,सर्वप्रथम त हामीले नगरकोट नामाकरण कसरी रह्यो बुझ्न जरुरी छ,कोट भनेको डाँडा हो भने यहीकोटबाट सम्पुर्ण नगरहरु दृश्यावोलकन गर्न सकिने भएकाले यस ठाँउलाई नगरकोट नामाकरण गरिएको हो । त्यस्तै हाम्रो हिन्दु धर्म शाष्त्रअनुसार यस पवित्र स्थानमा महादेवले बास गर्नु भएकोले मण्डप र गिरी भनेको पहाडी भेग भएकाले यो ठाँउको मण्डपगिरी नामाकरण गरिएको पाईन्छ । जसलाई आज हामीले नगरकोटको रुपमा विश्वसामु परिचीत गराउन सफल भएका छौँ । बिहानी सुर्योदयसंगै विश्वका उच्च हिमालयका मनमोहक दृश्य अवलोकन गर्न सकिने भएकाले यस ठाँउलाई नेपालको दार्जीलिङ्ग भनेर पनि चिन्न सकिन्छ । त्यस्तै गरि यहाँ रहेका स्थानिय धार्मीक स्थल जस्तै विन्ध्याबासीनी मन्दिर,कल्तेश्वर महादेव र रत्नचुडेश्वर महादेव जस्ता धार्मीक स्थलहरुले गर्दा यहाँको पर्यटकीय आकर्षण बढ्दै गईरहेको छ । त्यस्तै ३६० डिग्रीमा दृष्यावोलकन गर्न सकिने यहाँको माउन्टेन भिउ टावर,रमणीय वातावरण,हरियाली प्राकृतीक दृश्यहरु र आनन्ददायी एवं सुविधाजनक ब्यवस्थीत होटलहरुले गर्दा यस स्थानको पर्यटकीय आकर्षण बढ्न गई आर्थीकोपार्जनमा समेत टेवा पुगेको पाईन्छ । भनिन्छ सभापतिमहोदय,नगरकोटमा एक दिनमा चारवटा सिजनको महशुस गर्न सकिन्छ त्यस्तै यहाँ जाडो समयमा हिँउसंग रमाउन र गर्मी समयमा शितलता ताप्न,लालीगुराँससंग रमाउन,विभिन्न पंक्षीका मिठामिठा आवाज सुन्नका लागी पर्यटकहरुको घुँइचो लाग्ने गर्दछ । ढकमक्क फुल्ने गर्छ लालीगुराँस बनमा । साथीसंग घुम्न जाँउजाँउ लाग्छ भित्री मनमा ।। सभापतिमहोदय,हरियो बन,नेपालको धन भनेझैँ घना जंगलको माझमा अवस्थित यो ठाँउ निकै सुन्दर रहेको छ । जसलाई हामीले डेढ बर्ष पहिले गा.बि.स.को रुपमा चिन्ने गर्दथ्यौँ तर बिक्रम सम्वत २०७१ साल मंसिर १६ गते पश्चात यसै ठाँउको नामबाट नगरकोट नगरपालिका परिचीत भएको पाईन्छ । जनसंख्याको आधारमा सानो मानिने नगरकोट नगरपालिकालाई जम्मा १३ वटा वडामा विभाजन गरिएको छ । यहाँको साक्षरता प्रतिशत ९६ रहेको छ ।
सभापतिमहोदय,अब हामी हाम्रो नगरकोटलाई कसरी राम्रो नगरकोट बनाउने भन्ने विषयतर्फ लागौँ । साँच्चै नै हाम्रो नगरकोट राम्रो नगरकोट बन्नका लागी यहाँको सर्वपक्षीय बिकासमा ध्यान पुर्याउन निकै नै आवश्यक छ । प्रकृतीले वरदान दिएको यस स्थान भौतीक रुपमा राजधानी नजिक वा नगरपालिका भएता पनि नगरपालिका भएअनुरुप हुनुपर्ने सेवा सुविधा जनताले उपभोग गर्न पाएका छैनन् । यसका लागी स्थानियदेखी केन्द्रिय तहसम्मका सरोकारवालाहरु जागरुक भएर लाग्न निकै आवश्यक छ । आफु भलो त जगत भलो भनेझैँ हामीले आफ्नो क्षेत्रको भलोचाहीँ आफैँ अर्थात यहीँका स्थानिय वासीन्दा मिलेर गर्नुपर्छ । यस स्थानको आर्थीक बिकासको साथै यस स्थानलाई राम्रो बनाउन हामी आफैँ मिलेर अगाडी बढ्नुपर्छ । त्यस्तै जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ हामीले आफ्नो ठाँउ आफै बनाऔँ भन्ने नाराका साथ अघी बढ्न सक्नुपर्दछ । यसका लागी बिकासका पुर्वाधारका साथै पर्यटन,कृषी,सुब्यवस्थीत बसोबास,फोहोरमैला ब्यवस्थापन,कला संष्कृतीजस्ता कुरामा ध्यान पुर्याउन निकै आवश्यक रहेको छ । कृषी र पर्यटन क्षेत्रमा भन्नुपर्दा पर्यटकका लागी पदमार्ग,हामस्टे,ग्रामीण क्षेत्रमा ऊपलब्ध श्रोतसाधनको उचीत ब्यवस्थापन गरी स्थानिय बजारसम्म ल्याउन सकेमा अझै यहाँको आर्थीक बिकासमा टेवा पुगी सुनमा सुगन्ध थपिएजस्तै यस प्रकृतीले वरदान दिएको यस स्थान अझै निकै राम्रो र सुब्यवस्थ

0 comments:

Post a Comment