नेपाल, क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले आफ्नो देश नेपालको पर्यटन, जलविद्युत् र हवाई क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । नेपाल विश्वकै आकर्षक गन्तव्य रहेको उहाँको भनाइ छ ।
सोही अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल र क्यानडाको सम्बन्ध राज्यस्तरबाट जनस्तरमा पुु¥याउन आफू क्रियाशील रहेको बताउनुभयो । सङ्घका सहअध्यक्ष प्रा डा प्रदीप खड्का, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सचिव खड्क थापा, सीमाविद वुद्धिनारायाण श्रेष्ठलगायतले नेपाल र क्यानडाको सम्बन्ध तथा विकासका बारेमा चर्चा गर्नुभएको थियो । रासस
0 comments:
Post a Comment