5:51 PM
Radio Aaha
असार ३, काठमाडौं–विनाशकारी भूकम्पपछि जताततै पानीको संकट हुँदा ग्रामिण भेगका स्थानीय लिटरमा पानी किनेर घर बनाउन बाध्य भएका छन् । भूकम्पअघि पनि लामो समयदेखि पानीको समस्या भोग्दै आएका धादिङ सल्यानटारका वासिन्दा घर बनाउन प्रतिलिटरका हिसाबले बुढीगण्डकी र आँखुखोलाबाट ट्यांकरमा पानी किनेर ओसार्न बाध्य छन् ।
केही भूकम्पपीडित सरकारले घोषणा गरेको सहयोग रकम पाइएला र घर बनाउँला भन्ने आशामा छन् भने केही ऋण धन गरेरै भए पनि आफैं घर बनाउन थालेका छन् । सरकारको आस मारेर आफैं नयाँ घर बनाउन कस्सिएका भूकम्पपीडित पानी अभावका कारण लिटरका हिसाबले गाडी भाडा तिरेर पानी किन्न बाध्य छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment