एजेन्सी ।अग्रेंजीमा एउटा भनाइ छ ‘अ फोटो क्यान स्पिक अ थउजन्ड वोर्डस’ । त्यसैले तस्विर निकै शक्तिशाली हुन्छ जसले हजार शब्दमा बयान गरिएका कुरा बुझाउन एउटै तस्विर पर्याप्त हुन्छ।
तस्विरहरु मानविय भावनासंग चाँडो जोडिन्छन्। तस्विर रमाइला भए हामी फुरुङग हुन्छौ भने त्यही तस्विरमा पिडा देखीयो भने हामि क्षणभरमै दुःखित पनि बन्न पुग्छौ ।
याहाँ त्यस्ता तस्विररु छन् जसले भोकमरि, युद्ध र इतिहासका दर्दनाक पलहरुलाई समेटको छ। ती तस्विहरुले संसार हल्लाएका थिए र पल भरमै करोडौ मानिसको ध्यान खिचेका तानेका थिए।

यो तस्विरले अवार्ड प्राप्त गर्न सफल भएको थियो, अवार्ड हासिल गरे पश्चात फोटो ग्राफर केविन कार्टरेले आत्महत्या गरे । अफ्रिकामा चरम भोकमरीका कारण कुपोषणको शिकार भएको एक वालक मर्ने पर्खाइमा रहेको गिद्धको तस्विर देखपछि आँशु रोक्न गाह्रो हुन्छ। तस्विरले संसारभरि नै ठुलो बहस उत्पन्न गराइदिएको थियो।

सन् १९३० मा इंडियानको मरियनामा खिचिएको तस्विर पनि निकै दर्दनाक छ। तस्विरमा दुर्इ काला प्रजातीका युवक थोमस शिप र अब्राम स्मिथलाई सार्वजनिक स्थलमा १० हजार मानिसका अगाडी खुलेआम फाँसीमा चढाइएको दृश्य कैद गरीएको थियो । तिनिहरुलाई स्थानिय गोरा युवतीलाइ बलात्कार गरेको आरोप लागेको थियो । तर पछि उक्त आरोप झुटो भएको प्रमाणीत भयो।

सन् १९६३ मा भियतनाममा अमेरिकी युद्धको विरोधमा एक बौद्धमार्गी भिक्षुले आत्मदाह गरेका थिए। उत्त भिक्षुले पलेटी कसेर आफैले आफैलाई आगो लगाए,केही छिन कराए,चिच्चाए तर कत्ति पनि हलचल गरेनन् र मृत्युमा समाहित हुन पुगे। यो तस्विरले एकपटक संसारभर नै तहल्का मच्चाएको थियो।

सन् १९९९ मा चिकित्सकहरुले स्पाइना बिफिडाको सफल शल्यक्रिया गरेका थिए। यो एककिसिमको डिसअर्डर हो, जसमा बच्चाको स्पाइनल कर्ड पुर्णरुपमा बनेको हुँदैन्।बच्चाले जन्मने बितिकै डाक्टरको औलामा समातेको थियो ।

सन् २००३ मा इराक युद्धमा खिचिरएको एक तस्विर जुन तस्विीरमा एक कैदी आफ्नो ४ वर्षिय बच्चालाई खेलाई रहेको र उनको अनुहार ढाकिएको छ भने हातमा हथकडि छ।

सन १९८४ मा खिचिएको भोपाल ग्याँस काण्डको तस्विरमा जसमा एक बच्चालाइ गाँडिदैछ। ग्याँसको कारणले बच्चाको आँखा बाहिर निक्लिएको थियो । उक्त ग्यास काण्डमा २२५९ जनाको ज्यान गएको थियो भने पाँच लाख मानिस प्रभावित बनेका थिए।

अमेरिकाको नर्थ क्यालोरिनाका ह्यारि होर्डिङ हाइ स्कुलमा अध्ययन् गर्ने डोरोथी काउन्ट पहिलो महिला विद्यार्थी थिइन्। अफसोच स्कुलको पहिलो दिनमै उनिमाथी अभद्र व्यवहार भएको थियो।तस्विरमा उनिमाथी अभद्र व्यवहार भएको प्रष्टै देखिन्छ। तस्विर सन १९५७ को हो । जसले गर्दा उनलाई उनका अभिभावकले पहिलो दिनमै स्कुलबाट निकालेर लगेका थिए ।

सन १९८३ मा टर्कीमा आएको ठुलो भुकम्पमा एक आमाले आफ्ना पाँचै बच्चा गुमाएकी थिइन।आफ्ना पाँचै बच्चा गुमाउदाको मातृ पिडाको अदभुत दृश्य कैद थियो उत्त तस्विरमा ।

भियतनाम अमेरिकी युद्धको समयमा भियतनाम सैनिकले गल्तिवश आफ्नै सैनिक र वस्तीमा खसाएपछिको दृश्य । सन १९७२ को दृश्यमा नेपाप बम खसालिएको थियो।

सन १९८५ मा कोलंबियामा भएको ज्वालामुखि विष्फोटमा २५ हजार मानिस मारिएका थिए। ज्वालमुखिबाट निक्लिएको लाभाले पुरै शहर डुबेको थियो। १३ वर्षकी आमयरा सांजेच पनि त्यसैमा डुबेकी थिइन्। यो तस्विरलाइ फोटोग्राफर फ्रेंक फर्नियरले खिच्न भ्याएका थिए ।यो तस्विर सन १९८५ को वर्ल्ड प्रेस फोटो अफ द इयरको पुरस्कार बाट पुरस्कृत भएको थियो । तस्विरमा रहेकी बालिक आमयराको भने मृत्यु भएको थियो।

सन् १९७५ मा खिचिएको यस तस्विरमा घरमा आगो लागेपछि आमा छोरा झ्यालबाट हामफालेका थिए। यसक्रममा आमाको मृत्यु भएको थियो भने बच्चा आमाको मृत शरिरमा परेर बाँचेको थियो। आमाले आफू मरेर पनि छोरालाइ जीवन दिएकी थिइन्।
0 comments:
Post a Comment