Tuesday, June 14, 2016

संसदमा सत्ता र प्रतिपक्षको टकराव हुने संकेत


१ असार, काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गराउने तयारी संसद् सचिवालयले गरेको छ ।
संसद्को बैठकमा नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय पुनर्निर्माण प्राधकिरणको कामकारबाहीलाई लिएर संसद अवरुद्ध गर्नेसम्मको कदम चाल्ने चेतावनी दिएका कारण बुधबारको कार्यसूची अनिश्चित बनेको छ ।
संसद् सचिवालयले आजदेखि नियमावली पारत गर्ने प्रक्रिया अघि बढाउने र असार ५ गतेदेखि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु गरी असारको तेस्रो साता बजेट पारित गर्ने कार्यतालिका तयार पारेको छ ।

नियमावली मस्यौदा  समितिको प्रतिवेदमा परेका ६ वटा संशोधन प्रस्तावमाथिको दफवार छलफलहुन बाँकी छ । त्यतिन्जेल पनि सत्तापक्ष र विपक्षीबीच सहमति नभए सदनले मतदानबाटै  सुनुवाइ समितिको संख्या टुंगो लगाउने छ ।
सत्तापक्ष र प्रमुख पतिपक्षीबीच संसदीय सुनुवाइ विषेश समितिको संख्याबारे एक मत बन्न सकेको छैन । एमाले, माओवादी, राप्रपा नेपाल, फोरम, सहितका सत्तापक्ष १३ दलले सुनुवाई समितिको संख्या संविधानले तोकेबमोजिम १५ हुनपर्ने प्रस्ताव दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने उक्त समितिको संख्या ७५ सदस्यीय हुनुपर्ने संशोधन राखेको छ ।
नियमावलीको भवामा प्रधानन्यायाधीशसहित सर्वोच्चका १२ न्यायाधिश र सरकारद्वारा प्रस्तावित २२ राजदूतको सुनुवाई हुन सकेको छैन ।

0 comments:

Post a Comment