Tuesday, June 14, 2016

एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’


असार १, काठमाडौं–देशकै अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजेदेखि विहान ६ बजे सम्ममात्र रु ५ कर बाहेकमा १०० एसएमएस पठाउन सक्नेछन् ।
नाईट एसएमएस प्याक आज बुधबार असार १ बाट लागु भई ३ महिनाको अवधि सम्म संचालनमा रहनेछ । एनसेलका सबै ग्राहकले *१७११९# डायल गरी प्राप्त जानकारी अनुसार यो सेवा सुचारु गर्न सक्छन् ।
ग्राहकले सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने वा आफ्नो आवश्यकता अनुसार प्रत्येक पटक दैनिक रुपमा प्याक खरिदगर्ने गरी दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् ।
‘बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं ।’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।’
यो प्याक सुचारु गरे पछि २४ घण्टाको लागि मान्य हुनेछ । स्वतः नविकरण हुने प्याक मध्यरातमा नवीकरण हुनेछ ।

0 comments:

Post a Comment