६ असार, काठमाडौं । तपाईंका बच्चाले ललिपप खुब मन पराउँछन् ? उनीहरुले खाने गरेको ललिपपबारे ध्यान दिनुस्, त्यो रसायनयुक्त भए बच्चाको स्वास्थ्यमा गम्भिर असर पार्न सक्छ ।
आजभोलि ललिपपलाई अकर्षक बनाउन र बढी बिकाउन प्लाष्टिकका नलीहरुमा चम्किला अखाद्य रसायनहरु राख्न थालिएको छ । खाद्य प्रविधिक तथा गुण नियन्त्रण विभागकाअनुसार यस्ता नलीमा रसायनहरु भरिएका हुन्छन् । जसले बालबालिका र उपभोक्ताको शरीरमा सिधा नकारात्मक असर पार्छ ।
ग्लो पप, फलोरिसेन्टे आइसक्रिम, प्रेष्टीज रोजेज लगायतका ललिपपमा यस्ता रसायनयुक्त नलीहरु भेटिएका छन् । यि हानीकारक ललिपहरुबारे विभागले अनुसन्धान अघि बढाएको छ ।
यस्ता ललिपपको नलीभित्र राखिएका चम्किने खालका रसायन मान स्वास्थ्यका लागि घातक भएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
यस्ता ललिपबारे अभिभावक र बालबालिकालाई सचेत रहन उनले आग्रह गरे । यस्तो अज्ञात अखाद्य रसायन मिसाउनु दण्डनीय भएपनि विभिन्न उद्योगले बच्चालाई आकर्षित गर्न यसको प्रयोग गरिरहेका छन् ।
विभागले यस्तै पदार्थ राखिएको ललिपप उत्पादन गर्ने एसियन बिस्कुट एण्ड कन्फेक्सनरी विरुद्ध अनुसन्धान सुरु गरेको छ । ग्लो पप नामको ललिपपलाई बजारबाट तत्काल फिर्ता लैजान विभागले कम्पनीलाई निर्देशन दिएको छ ।
0 comments:
Post a Comment