असार ५, काठमाडौं–छ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यसवर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल सावित गरेकी छिन् । उनले रुपन्देहीको सैनामैना–३ स्थित सुनगाभा पब्लिक
उच्च माविबाट एसएलसीमा या सफलता चुमेकी हुन् ।
पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यसवर्ष अहिलेसम्म समीक्षाबाहेक अरु कसैले ४ जीपीए ल्याएको दाबी गरेका छैनन् । समीक्षाले भविष्यमा चिकित्सक बनेर समाजमा योगदान गर्ने सपना साँचेकी छिन् ।
परिवार र शिक्षकको सहयोगका कारण आफूले एसएलसीमा यस्तो नतिजा हात पारेको समीक्षाले बताइन् ।
उनले अबको अध्ययनमा यस्तै नतिजा ल्याउने दृढतासमेत व्यक्त गरिन् । चिकित्सक बन्न विज्ञान विषय लिएर प्लस टु पढ्ने योजना भए पनि बुटकल वा काठमाडौं कहाँ पढ्ने भन्ने टुंगो भइसकेको छैन ।
एसएलसीमा अब्बल ठहरिएपछि समीक्षा त दंग छिन् नै आफन्त र छरछिमेकी पनि मख्ख परेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
0 comments:
Post a Comment