अन्य राजनीतिक कार्यक्रम भन्दा फरक ढंगले भएको कार्यक्रमको सञ्चालन जनजाती नेता पासाङ शेर्पा र नायिका करिष्मा मानन्धरले गरे ।
कार्यक्रमको सुरुवात पासाङले गरे भने बाबुरामले पार्टी घोषणा गरेपछिको सत्रमा करिष्माले अत्तालिएर कार्यक्रम सञ्चालन गरिन् । कार्यक्रम अवधिभर करिष्मा र पासाङले पालैपालो उद्घोषण गरे ।
नसुहाउँदो शैलीमा कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक सञ्जालमा करिष्माको चर्को विरोध भएको छ । करिष्माले कांग्रेस नेता प्रदीप गिरीलाई मन्तव्यका लागि बोलाउँदा प्रदीप भट्टराई भनिन् ।
कुटनीतिक व्यक्तित्वलाई मन्तव्यका निम्ति आग्रह गर्दा समेत करिष्माले उच्च सम्मान व्यक्त गर्न नसकेको टिप्पणी सामाजिक सञ्जालमा भएको छ । ट्वीटरमा कुम्भकर्ण लेख्छन्, ‘विचरा करिस्माको माया लागेर आयो ! अंग्रेजी पनि बिगारी बिगारी बोल्दिने
0 comments:
Post a Comment