उनले अन्र्तराष्ट्रिय शक्तिहरुको हस्तक्षेप अन्त्यका लागि सरकारले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका दलका माग सम्बोधन गर्नुपर्ने उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आान्दोलनरत दलका माग सम्बोधनका लागि सीमांकन हेरफेर गरेर संविधान संशोधनको विकल्प नभएको बताए । संघीय गठबन्धनको आन्दोलनप्रति पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पनि ऐक्यबद्धता जनाएका छन् । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेता तथा कार्यकर्ता पहिचानका आधारमा प्रदेश बनाइनुपर्ने माग पूरा गर्नका लागि दबाव दिन भन्दै तीन दिनदेखि खुुलामञ्चमा १२ घन्टे रिले अनसनमा वसिरहेका छन् ।
0 comments:
Post a Comment