निकै पहिले गाविस सचिव पूजा शाह गाविसको कार्यालयमा एक पटक आएको र अहिले उहाँ सरुवा भएको र जिविसले नयाँ सचिव पठाएको भने पनि कार्यालयमा हाजिर हुन नआएपछि ताला लगाएको नेपाली काँग्रेस भद्रकाली गाविसका उपसभापति उत्तम कार्कीले बताउनुभयो ।
गाविस सचिव नआउँदा गुनासो सङ्कलनदेखि अन्य काम प्रभावित भएकाले ताला लगाउनुपरेको उहाँको भनाइ छ ।
भूकम्प प्रभावित स्थानीयवासीले रु दुई लाख आवास निर्माणका लागि पाउने अनुदानबाट वञ्चित भएको र उनीहरुले गुनासो दर्ता गराउन आउँदा कार्यालयमा गाविस सचिव नभेटिएपछि गुनासो दर्ता समयमा नभएको स्थानीयवासी वसन्त गौतमको भनाइ छ ।
स्थानीय विकास अधिकारी ईश्वरकुमार गिरीले भद्रकाली गाविसमा ताला लगाएको बारे आफूलाई जानकारी नआएको र उक्त गाविसमा अव दुई÷चार दिनमा गाविस सचिव कमल लामा जाने बताउनुभयो । कमल लामाले बस्तीपुर र भद्रकाली गाविसको जिम्मा दिएकाले पनि समस्या सिर्जना भएको भन्दै सचिवले जिम्मेवारी निर्वाह गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस
0 comments:
Post a Comment