३२ जेठ, काठमाडौं ।गोरखालाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान परकम्प महसुस भएको छ ।
बिहान ५ बजेर १२ मिनेटमा गोरखाको ताप्लेलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो परकम्पको धक्का धादिङ र लम्जुङसहितका छिमेकी जिल्लाहरुमा पनि महसुस भएको थियो ।
यो परकम्प सिन्धुपाल्चोकमा ११ दिन गएको ४.४ म्याग्निच्यूडको परकम्पपछि आएको पहिलो परकम्प हो ।
२०७२ बैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि गइरहेको परकम्प विस्तारै कम हुँदै गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार ठूलो भूकम्प गएयता ४ म्याग्निच्यूडमाथिका करिब साढे चार सयवटा परकम्प गइसकेका छन् ।
0 comments:
Post a Comment