Friday, July 1, 2016

बजेट सक्न रातारात काम


१८ असार काठमाडौं । सरकारले मुलुकका १० शहरलाई नयाँ सहरमा रुपमा विकास गर्न अघि बढाएको पाँचथरको फिदिममा समयमा काम नगरी आर्थिक वर्ष सकिनै लाग्दा रातारात कम गरिन लोगको छ । आव अन्त्यमा बजेट फ्रिज हुन नदिन रातारात काम हुन थालेको हो ।

१५ असारपछि पनि करिब आठ उपभोत्ता समितिमार्फत काम भइरहेको छ ।
बैशाख यता  काममा तिव्रता दिएका आयोजना धेरै छन् । पछिल्लो समय असार दोस्रो साता सुरु भएका आयोजनाहरुमा रातारात काम भइरहेको छ । रातारात काम गर्दा गुणस्तर ख्यालै नगरी बजेट सक्ने नियत देखिएको सरोकारवालाको दाबी छ ।
एक स्थानीय उपभोक्ताले भने’हामी विकासविरोधी होइनौं । तर, कसरी रातारात काम गर्दा गुणस्तर हुनेमा शंका छ । ‘
कार्यालयले समयमा बजेट दिन नसक्दा काम ढिला गरी सुरु गरेको उपभोक्ताको भनाइ छ ।

0 comments:

Post a Comment