Saturday, July 2, 2016

चीन जान प्रहरीको अस्थायी पास


असार १९, खाँदबारी–छिमेकी देश चीन जानका लागि जिल्ला प्रहरी कार्यालयले अस्थायी पास उपलब्ध गराउन थालेको छ । चीनको रियु प्रशासनले एक वर्षअघि सीमा प्रहरी चौकी किमाथांकाका प्रमुखलाई देन्दाङमा बोलाएर प्रहरीको पासबिना प्रवेश नदिन अनुरोध गरेपछि प्रहरीले अस्थायी पास उपलब्ध गराउन थालेको हो ।
सामान्य कपीमा लेखेर अस्थायी पास उपलब्ध गराँदै आएकाले प्रहरीलाई समेत झन्झटिलो र आधिकारिकता नहुने भन्दै नयाँ व्यवस्था गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षत गौतमकुमार केसीले शुक्रबार खाँदबारीमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको हातबाट दुई जनालाई व्यवस्थित पास उपलब्ध गराएका छन् ।
यो पास सीमा प्रहरी चौकीले नेपालीलाई मात्र उपलब्ध गराउँछ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment