१८ असार, बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो ।
दुईवटै भूकम्पको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना भन्ने स्थानमा रहेको समेत भूकम्प मापन केन्द्रका महर्जनले जानकारी दिए ।
त्यही ठाउँमा केन्द्रबिन्दु बनाएर यही असार १५ र १६ गते गरेर २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्प गएपछि स्थानीयवासी घर बाहिर र खुला ठाउँमा जम्मा भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे सङ्कलन भइरहेकाे उनले जानकारी दिए ।
0 comments:
Post a Comment