असार १९, काठमाडौं–त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ । विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आड हजार डलरसहित पक्राउ गरेको छ ।
असार ७ गते टर्मिनलमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने भरत सञ्जेललाई प्रहरीले आड हजार डलरसहित पक्राउ गरेको थियो ।
अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय ५० र २० दरको आठ हजार बराबरको अमेरिकी डलर फेला पारेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
0 comments:
Post a Comment