Sunday, July 3, 2016

आन्तरिक हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)


१९ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३८५रुपैयाँ घटाइएको छ ।यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटमा ३७५ रुपैयाँ घटाइएको छ 
निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ । ‘निगमले हवाइ इन्धन घटाएपछि हामीले पनि यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेका हौं’ सिमि्रक एयरलाइन्सका बजार व्यवस्थापक अनलाइनखबरसँग भने ।
यसअघि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।
नयाँ भाडा दरको सूची हेर्नुहोस्
देखिसम्मघटेको शुल्क (रु.)नयाँ भाडा (रु.)
काठमाडौंपोखरा१६५४२३०
काठमाडौंभैरहवा२०५५३००
काठमाडौंबिराटनगर२३५६०५५
काठमाडौंभरतपुर१३५३०९०
काठमाडौंभद्रपुर२७५७३८५
काठमाडौंधनगढी३८५१०६०५
काठमाडौंनेपालगञ्ज२९५७९५५
काठमाडौंजनकपुर१५०३५९५
काठमाडौंमाउन्टेन फ्लाइट३७५९०१०
काठमाडौंतुम्लिङटर२०५४९८५
काठमाडौंसिमरा११५२६५०

0 comments:

Post a Comment