Saturday, July 2, 2016

नेपाली विद्यार्थीले बनाए भूकम्प संकेतक यन्त्र


१८ असार, काठमाडौं । भूकम्प भनेपछि सबैको होस उड्छ । गत वर्षको वैशाख महिनामा गएको भुकम्पले ८ हजार बढीको ज्यान लिएपछि धेरै नेपाली अझै त्रासबाट उम्किन सकेका छैनन् ।
भुकम्पको सानो कम्पन आउँदा पनि घर वाहिर निस्कने बानी धैलाई परेको छ । आमनेपालीहरु भूकम्पबाट त्रसित बनिरहेका बेला विद्यार्थीहरुले भूकम्पको रेक्टर नाप्ने साइरन विकास गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले ५ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउँदा त्यसको जनाउ दिने खालको साइरन बनाएका हुन् । ५ रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउँदा आफैं बज्ने साइरन पुल्चोक इन्जिनियरिङ क्याम्पसको हातामा जारी १३ औं लोकस राष्ट्रिय प्रविधि महोत्सवमा प्रदर्शनीमा राखिएको छ ।

भूकम्प व्यवस्थापन आपतकालीन सेवा शिर्षकमा विद्यार्थीहरु विराट पोखरेल, अरुण दाहाल, फणिन्द्र सापकोटा र सिजन देवकोटाले  उक्त साइरन बनाएका हुन् ।
पुल्चोक क्याम्पसका विद्यार्थीहरुले सडकमा नबसी ट्राफिक व्यवस्थापन गर्न सहयोग गर्ने यन्त्र समेत बनाएका छन् । विद्यार्थीहरु सुवास तिमल्सिना, त्रिविक्रम पन्थी, प्रेम पाण्डे र नेहा काहीवोयाले ट्राफिक प्रहरीले सीसीटिभी हेरेर ट्राफिक व्यवस्थापन गर्ने यन्त्र बनाएका हुन् ।
मेलामा १ सय ५ वटा स्टल छन् । ती स्टलमा ओपन इनोभेसन, इनर्जी एण्ड सोसाइटी, इन्डष्ट्री एण्ड अटोमेशन र गेम्स एण्ड इन्टरटेनमेन्ट विधामा इलेक्ट्रोनिक्स, इलेक्टि्रकल र कम्प्युटर इन्जिनियरिङ्गका विद्यार्थीहरुले विकास गरेका प्रविधिहरु राखिएका छन् ।
महोत्सव अवलोकन गर्न पुगेका अन्य क्याम्पसका विद्यार्थीहरुले मेलामा राखिएका प्रविधिहरु नयाँ र सिर्जनशील खालका भएको बताए । शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म चल्ने छ ।

0 comments:

Post a Comment