Thursday, June 9, 2016

रोकिएका सात सय गाडी स्कर्टिङ गरेर पठाइयो


रत्ननगर (चितवन), २७ जेठ । विप्लव माओवादीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा चितवनमा रोकिएका सात सयभन्दा बढी गाडीलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ । 


चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले रोकिएका गाडीलाई जिल्लाबाट विभिन्न क्षेत्रको गन्तव्यमा पठाइएको र अहिले जिल्लामा कुनै पनि गाडी नरहेको जानकारी दिनुभयो । 
सो क्रममा बिहान चितवनको खैरहनीमा दुई वटा बस र गणेशस्थान नजिकै एउटा बसमा बन्दकर्ताले तोडफोड गरेका छन् । 

मे१ख २२२२, ना५ख १८२९ र ना५ख ६३८८ नंको बसमा तोडफोड हुँदा गाडीका सिसा फुटेको उहाँले बताउनुभयो । सो क्रममा बन्द गर्ने र गाडीमा ढुङ्गाहान्ने छ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो । 

पक्राउ पर्नेमा हिजो साँझ मसाल जुलुस निकाल्ने तीन जना छन्, माडीबाट एक जना तथा भरतपुरबाट दुई जना रहेको प्रहरीले जनाएको छ । 

बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ भने सवारी साधन यथेष्ट रुपमा चल्न सकेका छैनन् । पसल तथा उद्योग कलकारखानामा आंशिक प्रभाव परेको छ । बन्दमा मोटरसाइकल र रिक्सा भने चलेका छन् । रासस 

0 comments:

Post a Comment