Showing posts with label agriculture. Show all posts
Showing posts with label agriculture. Show all posts

Monday, July 4, 2016

५ झुट, जसले सम्बन्धलाई टुटाइदिन सक्छन्

सम्बन्ध चाहे जुनसुकै होस् यदि त्यसमा विश्वास, प्रेम तथा एक अर्कोप्रति गरिने इज्जतको अभाव छ भने त्यस्तो सम्बन्ध हुनु र नहुनुको कुनै अर्थ रहँदैन ।

सम्बन्धमा इमान्दारीता हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । जबसम्म इमान्दारीता रहन्छ तबसम्म कुनैपनि आँधीबेहेरीले सम्बन्धलाई हल्लाउन सक्दैन तर यदि सम्बन्धमा झुटको प्रवेश भयो भने त्यसले सम्बन्ध टुटाउन कुनै बेर लाग्दैन ।


आमरुपमा मानिसहरु सधै साधुजस्तै सत्य बोल्न सायद सम्भव पनि छैन होला । त्यसलै आपसी सम्बन्धमा पनि साना ठूला झुट बोलिएकै हुन्छ । मानिसहरुले दाम्पत्य सम्बन्धमा बोल्ने मुख्य ५ झुट जसले सम्बन्धलाई टुटाइदिन सक्दछन् ती यस्ता छन्ः

१. के तपाइँलाई लाग्दछ की ऊ केवल तपाइँको मात्रै हो ? ऊ केवल तपाइँकै बारेमा मात्र सोँच्दछ ? हुनसक्छ उसले तपाइँलाई धोका दिइरहेको हुनसक्छ । उसको जिवनमा तपाइँ बाहेक अरुपनि हुनसक्छ र त्यो कुरा उसले लुकाइरहेको हुनसक्छ । आफ्नो विवाह भैसकेको वा अफेयरमा रहेको कुरा लुकाउनु यस्तो झुट हो, जुन धेरैले बोल्दछन् । त्यसैले सम्बन्धको सुरुवात गर्नुअघि यस विषयमा आस्वस्त भएर मात्र अघि बढ्नु आवश्यक हुन्छ ।

२. कहिलेकाहीँ मानिसहरु आफ्नो आर्थिक अवस्थाको विषयमा पनि झुटो बोल्दछन् । सामुन्नेको मानिसलाई प्रभावित पार्नका लािग झुटो शान तथा रवाफ देखाउने बानी हुन्छ धेरैको । प्रेम वा दाम्पत्य सम्बन्धमा समेत आर्थिक अवस्थाको विषयमा झुटो बोल्ने धृष्टता गर्नु निकै प्रत्युत्पादक हुने निश्चित हुनछ । त्यसैले कसैसँग सम्बन्धको सुरुवात गर्नुअघि उसले देखाउने आर्थिक हैसियतको रवाफका विषयमा राम्रोसँग क्रसचेक गर्नु आवश्यक हुन्छ ।

३. कहिलेकाहीँ मानिसहरु परिवारसँग सम्बन्धि विषयमा पनि झुटो बोल्दछन् । आफ्नो परिवारका मानिसहरुको व्यवहार तथा उनीहरुका अन्य विषयमा पनि सही कुरा बोल्दैनन् ।

४. कहिलेकाहीँ मानिसहरुले दोहोरो चरित्रमा सम्बन्धलाई अघि बढाउँछन् । उनीहरुको वास्तविकता एउटा हुन्छ तर अर्कै रुपमा प्रस्तुत हुन्छन् । तर यस्तो झुट लामो समयसम्म टिक्दैन र कुनैदिन वास्तविक कुरा बाहिर आएरै छाड्छ ।

५. कहिलेकाहीँ मानिसहरु आफ्नो रोगको विषयलाई पनि लुकाउँछन् । जिउमा कुनै रोग भएपनि स्वस्थ रहेको झुट बोल्दछन् र सोही अनुरुपको व्यवहार गर्दछन् । तर यसरी कुनै बिमारी लुकाउनुले सम्बन्धमा दरार त ल्याउँछ नै जिवनलाई नै बर्बाद गरिदिन सक्छ ।

Saturday, July 2, 2016

एक बालकको टाउकोमा उमारेर मिलाइयो नाक

असार १८ – भारतको इंदौरमा डाक्टरहरुले एक जना बालकको टाउकोमा नाक उमारेर प्रत्यारोपण गर्न सफल भएका छन् । डाक्टर अश्विनी दासको समूहले एक वर्ष लगाएर बालकको नाक प्रत्यारोपण गर्न सफल भएका हुन् । टाउकोमा नाक उमार्न भने तीन महिना लागेको थियो । भारत उज्जैनका बालक अरुण पटेलको सानै छँदा डाक्टरले गलत निन्जेक्सन लगाएका कारण मांशपेसी गल्ने समस्या देखिएको थियो । यसैले उनको पुरै नाक गलेर झर्‍याे ।

रोगले नाक गुमाएका उनी घर बाहिर कतै जाँदैनथे । नाक नभएको बालक देखेर गाउँका मानिसहरु अनेक कुरा गर्थे । जसले अरुणलाई थप समस्यामा पाथ्र्यो । यसरी नै १२ वर्ष बित्यो । गाउँकै एकजनाले प्लाष्टिक सर्जरी गर्न सल्लाह दिएपछि अरुण परिवारसँगै इंदौर आएर उपचार गराएका हुन् । 

यसरी भयो नाकको प्रत्यारोपण 

‘सामान्य खालको प्लाष्टिक सर्जरी सम्भव थिएन’ डाक्टर अश्विनीले भन्नुभयो, ‘सबैभन्दा पहिले अरुणको टाउकोको केही भागमा खाली ठाउँ बनाएर सिलिकोन थैली स्थापित गर्यौँ ।’ यसै प्रक्रियाले टिशू बड्दै गयो र तीन महिनाको मेहनतपछि सिलिकोन थैली राखेको ठाउँमा नाकको आकार निस्कियो ।

त्यसपछि अरुणको छातीको तल्लो भागको कार्टिलेज निकालेर उनको अनुहारसँग मिल्दो कृत्रिम नाक तयार गरियो । त्यसलाई टाउकोमा सिलिकोन थैली भएको ठाउँमा मिलाइयो । तीन महिनासम्म त्यसरी राखेपछि शरिरका अन्य अंगमा जस्तै रक्त सञ्चार प्रक्रिया सुरु भयो । तीन महिनापछि कार्टिलेजबाट बनेको नाकलाई नाक हुनुपर्ने ठाउँमा मिलाइयो र नशाहरुसँग जोडियो । उनी १६ वर्षको पुगेपछि फेरि एउटा शल्यक्रिया गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।

स्रोत : दैनिक भास्कर

Monday, June 27, 2016

जहाँको पानी रगत जस्तै रातो छ

न्टार्कटिका– अन्टार्कटिका जहाँ सधै बरफ जमेको हुन्छ । तर, त्यहाँ रहेको एक झरनामा भने पानीको रंग सँधै रगत जस्तो रातो हुन्छ । र्टार्कटिकाको मैक मरडोस्थित टायलेर ग्लेशियरमा यस्तो झरना छ, जहाँ बग्ने पानीको रंग रगत जस्तै हुन्छ । यो झरनाको नाम यही कारण ‘ब्लडफल’ राखिएको छ । यही ब्लडफल हेर्नका लागि प्रर्यटक पनि जान्छन् । 

यहाँ कोही आत्माको बासस्थान छ भन्ने विश्वास गरिएको छ, जसले मानिसलाई मार्छ र यही कारण पानीको रंग रातो हुन्छ । यो ग्लेशियरको खोज १९११ मा अमेरिकाका जीव वैज्ञानिक ग्रिफिथ टायलरले गरेका थिए । यो ब्लडफल पाँच तले घर जति अग्लो छ । वैज्ञानिक भन्छन् तर, जीव वैज्ञानिकहरु भने यसलाई कुनै आत्माको कारणभन्दा पनि आइरन अक्साइडका कारण यस्तो भएको बताउँछन् । उनीहरुका अनुसार अनुसार ग्लेशियरमा दरार परेका कारण पानी विस्तारै विस्तारै बग्न थाल्यो र आयरन अक्साइड हावाको सम्पर्कमा आएर रातो रंग बन्यो । यहीकारण पानी रगत जस्तो देखिएको हो । उनीहरुले त्यहाँको पानीमा १७ प्रकारका सूक्ष्म जीव फेला पारेका थिए ।

Thursday, July 9, 2015

ट्रेमा बीउ, रोप्न आधा खर्च

तनमुना (सुनसरी), असार २५ - किसानलाई असार सिद्धिन लाग्दा पनि धानको बीउ राख्ने हतारो छैन। न जोताहार न त रोपाहारकै जो हो गर्ने चिन्ता छ। प्लास्टिकको ट्रेमा उमारेको लहलह बीउ छ। घरको आँगनमै एक मेसिन छ। त्यो देखेर उनीहरूलाई लाग्छ, यसले सबै समस्या सामाधान गरिदिन्छ।’

यस्तो ढुक्कमा छन्, सुनसरीको दक्षिणी गाविस तनमुनाका किसान, जसलाई स्थानीय सम्झाना कृषि सहकारीले आँट दिएको छ। यहाँका किसानको खेतका गरामा होइन धानको बीउ प्लास्टिकको ट्रेमा छ। उक्त बीउ हरितगृह रहेको बाँसको चाङमा तयार भइरहेको छ।

बाँसको चाङमा राखिएका ट्रेमा उम्रिएको जमराझैं लाग्ने धानको बीउ होस् वा मेसिनले खेतमा धान रोपेको नै किन नहोस् हेर्नेको दिनहुँ रमिता लाग्छ। ट्याक्टरले हिल्याएको जमिनमा मेसिनको सहायताले यो पटक तनमुना, सत्तेरझोर र छिटाहाका किसानले ४ सय ७ बिघामा धान रोप्दै छन्।

एक बिघा जमिनमा धान रोप्दा २० हल गोरु र ३० जना रोपाहार लाग्छ। धान रोपिसक्दा २२ हजार खर्च हुन्छ। तर मेसिनले बीउसहित ११ हजार ५ सयमा एक दिन पनि नलगाई धान रोपिदिन्छ। अहिलेसम्म १२ बिघामा मेसिनले धान रोपिसकेको छ।

कम जनशक्ति, सस्तो र गुणस्तरीय काम हुने भएकाले कृषिमा भएको यान्त्रीकरण देखेर छिटाहा ३ का भाग्यनारायण चौधरी मख्ख छन्। सात बिघा खेत यो पटक मेसिनले रोप्ने निर्णयमा पुगेका उनले सुनाए, ‘नेपाल कृषि कम्पनीको पहलमा अढाई वर्षअघि सम्झाना कृषि सहकारी गठन भएपछि यहाँका किसानको सोच नै बदलिएको छ।’ सहकारीमा पहिले ७० र अहिले १ सय ८० किसान थप सदस्य छन्।

सहकारीमा अहिले धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टर) मेसिन छन्। सदस्यहरूका लागि मात्र अहिले उपयोगमा ल्याइने मेसिनले किसानको चिन्ता र खर्च दुवै घटाइदिएको तनमुनाका अशोक माझी बताउँछन्। उनले ट्रेमा हुर्काइएको बीउ लगेर मेसिनको सहायताले सवा बिघामा धान रोपे। बर्षात लागेपछि बीउ राख्ने, हुर्काउने, रोपाहार, जोताहार खोज्ने, बीउ काढ्ने, बोकेर खेतमा पुर्‍याउनुपर्ने र सात दिन लगाएर रोपाइँ गर्नुपर्ने ठूलो बोझ यान्त्रीकरणले हटाइदिएको माझीले बताए।

उनले पहिले मानिस लगाएर खेती गर्दा सवा बिघामा ३० हजार खर्च हुन्थ्यो तर अहिले मेसिनको सहायताले रोपाइँ गर्दा उनले जम्मा १९ हजारमा रोपाइँ सिध्याए। समय र पैसाको राम्रो बचाउ भएको बताउँदै उनी भन्छन्, ‘यान्त्रीकरणले पैसा र समय पनि बचाइदियो, जसका कारण असारभरि खेतमा जोतिनु परेन, आजकल म त्यो समय अर्कोतिर खर्च गरिरहेको छु।’


अछामती चौधरीलगायत ६ महिलाले अहिले सहकारीमा बीउ उमार्ने, खेतमा लगेर मेसिनमा बीउ राख्ने काममा व्यस्त छन्। अहिले उनीहरूलाई किसानका खेतमा रोप्ने बीउ उमार्न भ्याई नभ्याई छ। करिब ३० बिघालाई पुग्ने बीउ उनीहरूले तयार गरिसकेका छन्। बुद्ध एयरको लगानी रहेको नेपाल कृषि कम्पनीले सहकारीलाई प्रदान गरेको धानको बेर्ना तयार गर्ने मेसिन चलाउन उनीहरू पारंगत छन्।

मेसिनले कसरी काम गर्छ भन्ने जिज्ञासामा अछामतीले बीउका लागि तयार गरिएको माटो दुई तिरको मेसिनको बगेटमा हालिन् अनि बीचको बगेटमा बीउ। अनि मेसिनको एउटा छेउबाट ट्रे छिराइन्।

मेसिनको लिकमा ट्रे अघि बढ्यो। माटो एक लेबलमा बस्यो, पानी स्प्रे भयो अनि धानको बीउ झर्‍यो। त्यसपछि पुन: ट्ेरको बीउलाई माटोले छोपिदियो। अन्तिममा ट्रे आफैं मेसिनको लिकभन्दा माथि आयो। आछामतीले ट्रेलाई हरित गृहमा लगेर राखिन्। उनले भनिन्, ‘यो बीउ अब १२ दिनमै रोप्नका लागि तयार हुन्छ।’ उनको छ जनाको समूहले सहकारीमा काम गरेबापत दैनिक २ सय रुपैयाँ ज्याला पाउँछन्।

सहकारीका अध्यक्ष नागेश्वर माझीले धानको बीउ तयार गर्ने, धान गोड्ने, धान काट्ने (हार्वेस्टर) मेसिन बुद्ध एयरले दुई वर्षका लागि सहकारीलाई नि:शुल्क दिएको बताए। मेसिनले धान रोप्न थालेपछि अन्य किसानहरूले पनि ब्याडको बीउ उखेलेर आफ्नो पनि धान रोपिदिन आग्रह गर्न थालेको माझीले बताए।

एक बिघामा मानिसले खेती गर्दा ९० मन फल्ने तर मेसिनले खेती गर्दा १ सय ३० मनसम्म फल्ने भएकाले किसानहरू यान्त्रिक प्रविधि तर्फ आकर्षित हुन थालेका हुन।